Thursday, June 15, 2017

वन सम्पदाः अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरू

वन, घाँस, दाउरा, काठ कृषि उपज आदिको हिसाबले महत्वपूर्ण त छदैँछ यसको सम्बन्ध पर्यावरण सन्तुलनसँग पनि जोडिएको छ । कृषि प्रधान देश नेपालमा कृषि वनको समेत उत्तिकै उपयोगिता रहेको छ । नेपालमा हाल ४०.३६% वन क्षेत्र रहेको छ । बुट्यान क्षेत्र (४.३८%) समेतलाई लिँदा कूल क्षेत्रफलमा ४४.७४% वन क्षेत्रले ढाकेको छ । वन रहेको उचाई, यसको प्रकृति, प्रकार विशेषता आदिको आधारमा वनलाई निम्नानुसार विभाजन गरिएको छ: 
१) उपोष्ण सदाबहार वन
           तराई भावर, दुन र चुरे पहाडको करिब १,२०० मिटर (समुद्र सतहबाट) सम्मको उचाईमा अग्ला, मोटा तथा सदाबहार प्रकृतिको रुखहरू पाइने वन क्षेत्रफललाई उपोष्ण प्रदेशीय सदाबहार वन भनिन्छ । यस क्षेत्रमा वर्षा र तापक्रम प्रशस्त हुने ।
           साल, सिसौ, खयर, सतिसाल, सिमल आदि कडा खालका रुखहरू पाइने ।
           चारकोशे झाडीको रूपमा समेत चिनिने
           बाघ, भालु, गैडा, हात्ती तथा विभिन्न चराचुरुङ्गी र अजिङ्गर, गोही सोस आदि घस्रने जीबहरू समेत पाइने ।

२) समशीतोष्ण मौसमी पतझर वन
           ,२०० देखि २१०० मिटरसम्मको उचाईमा मौसमी पतझर वन पाइन्छ । हिउँदमा पात झर्ने हुनाले यस्तो वनलाई मौसमी पतझर वन भनिन्छ ।
           साल, सल्ला, चाप, कटुस, ओखर, उत्तीस आदि रुखहरू पाइने ।
           वर्षा र तापक्रम बढी हुँदा यस क्षेत्रका वनका रुख अग्ला र मोटा हुन्छन् ।
           बाघ, भालु, हरिण, चितुवा जस्ता जनावरका साथै विविध प्रजातिका पंक्षीहरू पाइने ।

३) कोणधारी वन
           महाभारत पर्वतको करिब २,१०० मिटरदेखि ३,३०० मिटरसम्म उचाईमा यस्तो वन पाइन्छ ।
           बढीजसो समय ठण्डा हुने र हिउँ परिरहने हुँदा यस्तो वनका रुखका पातहरू माथितिर चुच्चो परेको अर्थात कोण आकारको हुने हुँदा कोणधारी वन भनिन्छ ।
           सल्ला देबदारु, धुपी, कटुस प्राय चुच्चो परेका रुखहरू पाइन्छन् ।
           हरिण, मृग, घोरल जस्ता जनावरका साथै डाँफे,मुनाल र च्याखुरा जस्ता पंक्षीहरू पाइन्छन् ।

४) लेकाली वन (अल्पाइन वनस्पति)
           ,३०० मिटरदेखि ५,००० मिटरसम्मको उच्च पहाडी तथा हिमाली प्रदेशमा यस प्रकृतिको वन पाइन्छ ।
           वर्षैभरि चिसो र शुष्क जलवायु हुने हुँदा यहाँका रुखहरू होचा र झाडीदार पाइन्छन् ।
           करिब ३,६०० मिटरसम्मको उचाईमा झाडी र सोभन्दा माथि सुख्खा घाँसयुक्त वनस्पति पाइन्छ ।

५) टुन्ड्रा वनस्पति (हिमाली सुख्खा वनस्पति)
           ५००० मि. माथिको उचाई, बाह्रै महिना हिउँ, वनस्पति प्रायः नपाइने
           हिमालका खोच र ढाँडमा काई र लेउ पाइने (वनस्पति विहीन क्षेत्र पनि भनिने)

नेपालमा वन सम्पदाको महत्व       
           वातावरण सन्तुलित बनाइराख्न ।
           बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको न्यूनीकरण गर्न
           पानीको स्रोतको रूपमा जंगल रहेको
           निर्माणको आधारकाठका सामग्रीहरू, फर्निचर, घर, उद्योग आदिमा आवश्यक
           पर्यटनको आधार
           वन्यजन्तु वासस्थानको आधार रहेको
           जडिबुटी, औषधीजन्य पदार्थको उत्पादन समेत जंगलबाटै हुने
           दाउरा, पतिङ्गर र कृषिजन्य अवशेषसमेत जंगलबाटै पाइने
यिनै प्रमुख कुराहरूले गर्दा नेपालमा वन सम्पदाको अत्यन्तै ठूलो महत्व रहेको छ ।

वन विनाशका कारणहरू
नेपालको सन्दर्भमा वन विनासका निम्न कारणहरू रहेका छन् :-
           गरिबी स्थायी बसोवासको ठेगाना नभएकाहरूले, जंगल फडानी गरी खेती गर्नु तथा वासस्थान निर्माण गर्नु,
           अशिक्षा वन विनासको कारण हुन सक्ने जोखिम बारे जानकारी नहुनु ,
           बहुमूल्य काठका सामग्री तथा काठ नै चोरी गरी बिक्री गर्नु,
           सरकारी अनुगमन, दण्ड सजायको पक्ष कमजोर रहनु,
           फडानी पश्चात तुरुन्त वृक्षारोपणको साथै सो को संरक्षण प्रभावकारी नहुनु, सार्वजनिक विकास निर्माण सडक,भवन वा अन्य निर्माण गर्दा पनि वन फँडानी भएको,
           जलवायु परिवर्तनको कारण हिमाली क्षेत्रको वन सुक्दै जानु,
           दैवीप्रकोपआगलागी, बाढी, पहिरोले समेत वन जंगल विनास हुने गरेको ।

 वन संरक्षणका उपायहरू
           इन्धनको वैकल्पिक व्यवस्था गर्ने,
           चोरी निकासी नियन्त्रणका लागि प्रभावकारी अनुगमन र सुरक्षाको व्यवस्था गर्ने,
           वृक्षारोपण कार्यलाई नियमित र प्रभावकारी बनाउने ,
           वन संरक्षण र यसको फाइदाको सम्बन्धमा जनचेतना जगाउने ,
           सार्वजनिक निर्माण कार्य गर्दा जंगल विनास गर्न नपर्ने गरी गर्ने । (जस्तो : बाटो निर्माण, विद्युत लाइन निर्माण को बखत)
           दैवीप्रकोपबाट विनास भएको वनजंगल क्षेत्रमा तत्काल वृक्षारोपण गरेर संरक्षण गरिहाल्ने ।
           वन विनास, चोरी निकासी गर्ने जो कोहीलाई हदैसम्मको दण्ड सजाय दिने ।
           नेपालमा राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्रको क्षेत्रफल बढाउने,
            (नेपालको जम्मा संरक्षित क्षेत्र कूल क्षेत्रफलको झण्डै २३%)
           कार्बन Trade बाट नेपालले पुरस्कृत भएको वन क्षेत्रलाई उदारणको रूपमा प्रचारप्रसार गर्ने ।
           निजी वन कार्यक्रमलाई प्रोत्साहित गर्ने,
           वनलाई समूदायमा हस्तान्तरण गर्दै यसको संरक्षण र सम्बद्र्धनमा उपभोक्त समूहलाई जिम्मेवार र जवाफदेही वनाउनु पर्ने,
           वन जंगल संरक्षणबाट पुग्ने फाइदाप्रति जनतालाई सचेत तुल्याउने,
           वन जंगलको विनाशबाट निम्तिने प्राकृतिक प्रकोपप्रति जनसाधारणमा चेतना ल्याई उनीहरूलाई वृक्षारोपण लगायतका कार्यक्रममा सहभागी गराउने ।
           वन र वनस्पतिजन्य वन औषधीहरूको प्रशोधन गरी व्यवसायिक रूपमा खेतीको व्यवस्था मिलाई त्यसबाट प्राप्त लाभमा समुदायको साझेदारी बढाउने ।

 नेपालको वनको आर्थिक महत्व
वनबाट काठदाउरा लगायत वातावरणीय सन्तुलन र अन्य  महत्वपूर्ण उत्पादन गरी आर्थिक उपार्जन गर्न सकिने कुरालाई दृष्टिगत गरी हरियो वन नेपालको धन भनिएको हो । नेपालको हरियो वनबाट निम्न आयआर्जन गर्न सकिन्छ ।
           काठको उत्पादन बिक्री र उपयोग,
           दाउरा, पतिङ्गर र अवशेषलाई इन्धनको रूपमा उपयोग बिक्री वितरण गर्न सकिने ।
           जडिबुटी उत्पादन र बिक्री वितरण गर्न सकिने
           वन जंगलबाटै जंगली जनावरको समेत उत्पादन र संरक्षण भएको छ । राष्ट्रिय निकुञ्ज, शिकार आरक्ष सञ्चालनको अधार नै वनजंगल हो । जुन पर्यटकीय स्थल समेत हो । वन जंगल कै कारण पर्यटन क्षेत्रको आय वृद्धि भई करोडौं विदेशी मुद्रा आर्जन भएको छ । जस्तोः बिभिन्न राष्ट्रिय निकुञ्ज बाट प्राप्त आम्दानी,
माथि उल्लेख भएको आधारमा भन्न सकिन्छ कि नेपालको आम्दानीको महत्वपूर्ण स्रोतको रूपमाजंगललाई स्वीकारिएको छ ।

नेपालको वन जंगलको वर्गीकरण
वन ऐन, २०४९ अनुसार नेपालको वनजंगललाई देहाय बमोजिम सात प्रकारमा वर्गीकरण गरिएको छ :
क) राष्ट्रिय वन: निजी वन बाहेक नेपाल भित्रको वन सिमाना लगाइएको वा नलगाइएको सबै वनलाई राष्ट्रिय वन भनिन्छ र सो शब्दले वनले घेरिएको वा वनको छेउछाउमा रहेको पर्ती वा ऐलानी जग्गा तथा वनभित्र रहेका बाटो, पोखरी, ताल वा खोलानाला र बगर समेतलाई जनाउँछ ।
ख) सरकारद्वारा व्यवस्थित वन: नेपाल सरकारले व्यवस्थापन गर्ने राष्ट्रिय वन ।
ग) संरक्षित वन: विशेष वातावरणीय, वैज्ञानिक वा सांस्कृतिक महत्वको ठानी नेपाल सरकारले वन ऐन, २०४९ बमोजिम संरक्षित वनको रूपमा घोषित गरेको राष्ट्रिय वन । 
घ) कबुलियती वन : वन ऐन, २०४९को परिधिभित्र रहि निश्चित अवधिका लागि सम्झौता गरी कुनै संघसस्था,समुदाय आदिलाई हस्तान्तरण गरिएको वन नै कबुलियती वन हो । सम्झौता अनुसार पालना नभएमा यस्तो वन नेपाल सरकारले जुनसुकै वेला फिर्ता लिन सक्दछ । आ.व. २०४८/२०४९ देखि कबुलियती वनकार्यक्रमको सञ्चालन गरिएको छ ।
ङ) सामुदायिक वन : सामूहिक हितको लागि वनको विकास, संरक्षण र उपयोग गर्नवन ऐन, २०४९ बमोजिम उपभोक्ता समूहलाई सुम्पिएको राष्ट्रिय वन तथा वनको विकास, संरक्षण र उपयोगको जिम्मा स्थानीय समुदायले लिने गरि सो समुदायमा हस्तान्तरण गरिएको वन ।
च) धार्मिक वन : वनको विकास, संरक्षण र उपयोग गर्न वन ऐन, २०४९ बमोजिम कुनै धार्मिक निकाय, समूह वा समुदायलाई सुम्पिएको राष्ट्रिय वन ।
छ) निजी वन : प्रचलित कानून बमोजिम कुनै व्यक्तिको हक पुग्ने निजी जग्गामा लगाइ हुर्काएको वा संरक्षण गरिएको वन ।

स्वामित्वको हिसाबले वनको वर्गीकरण
           निजी वन 
           सरकारी वन 
           सामुदायिक वन 
           कबुलियती वन

नेपालको वन वातावरण सन्तुलन र जैविक विविधताको दृष्टिले महत्वपूर्ण हुने कारणहरू 
नेपालको वन वातावरण सन्तुलन र जैविक विविधताको दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण छ भन्ने कुरा निम्न तथ्यहरूबाट पुष्टि गर्न सकिन्छ : 
क) कोशी टप्पु वन्यजन्तु आरक्ष लगायत विभिन्न नौ क्षेत्रहरू रामसार सूचीमा समावेश भइसकेका,
ख) जैविक विविधताकै कारण सिमसार क्षेत्रमा पाइने वन वनस्पतिदेखि पानीमा पाइने जीवजन्तु समेत पाइने अवस्था छ । 
ग) पन्टिया शेर्पा एवम् काँडे भ्याकुर जस्ता प्रजातिहरू नेपाली वनमा मात्र पाईने हुनाले जैविक विविधता र वातावरण सन्तुलनको सफल अभ्यास भएको छ । 
घ) सन्तुलित वातावरण एवम् जैविक विविधता सम्पन्न गराउनमा बसाइँ सरी आउने चराहरूले बनाउने वासस्थान समेतलाई लिन सकिन्छ ।
ङ) जैविक विविधताकै कारण उष्ण क्षेत्रमा पाइने कडा, अग्ला र मोटा जातका रुखहरू पाइने । 
च) औषधीजन्य वन, वनस्पति नेपालमा प्रचुर मात्रामा पाइनुमा समेत जैविक विविधता रहेकै कुरामा थप टेवा पुग्दछ ।
छ) वन र साह्रै ठण्डी क्षेत्रमा पाइने काई, लेउ लगायतका टुन्ड्रा वनस्पति समेत पाइने गरेको छ । 

वनको संरक्षण तथा विकास सम्बन्धमा चौधौं योजनाको सोच, लक्ष्य, उद्देश्य, रणनीति र अपेक्षित उपलब्धि
सोचः सघन तथा विविधतायुक्त वन स्रोत, विशिष्टीकृत जैविक विविधता, समृद्ध जलाधार र उद्यमशीलतायुक्त वन क्षेत्र ।
लक्ष्य : वन, वनस्पति, जडीबुटी, वन्यजन्तु, जैविक विविधता र जलाधारको समुचित संरक्षण, संवद्र्धन, व्यावसायीकरण र सदुपयोगद्वारा रोजगारी सिर्जना तथा जीविकोपार्जनमा सुधार गरी पारिस्थितिकीय प्रणालीबीच सन्तुलन कायम गर्ने ।
उद्देश्य
१. दिगो वन व्यवस्थापनद्वारा वन क्षेत्रको उत्पादकत्व र वन पैदावारको उत्पादन वृद्धि गर्नु ।
२. जैविक विविधता र स्रोतको संरक्षणलगायत वातावरणीय सेवाबाट प्राप्त हुने लाभ वृद्धि गर्दै न्यायोचित वितरण सुनिश्चित गर्नु ।
३. जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरण तथा अनुकूलनका उपाय अवलम्बन गर्दै जल, जलस्रोत तथा भूमिको संरक्षणबाट भूमिको उत्पादकत्व वृद्धि गर्न जलाधार क्षेत्रको एकीकृत संरक्षण र व्यवस्थापन गर्नु ।
रणनीति
१. विद्यमान वन क्षेत्र कायम राखी वनको घनत्व, उत्पादकत्व र उत्पादन वृद्धिको लागि वनको सहभागितामूलक दिगो एवम् वैज्ञानिक व्यवस्थापन गर्ने ।
२. जैविक विविधता र जलाधारको दिगो व्यवस्थापन र उपयोगमा स्थानीय समुदायको पहुँच वृद्धि गर्ने एवम् पर्यापर्यटनको आधार क्षेत्रहरूलाई पुनस्र्थापन तथा पुनर्निर्माण गर्ने ।
३. दिगो वन व्यवस्थापन र संरक्षणमार्फत् वातावरणीय सन्तुलन कायम राखी जलवायु परिवर्तन न्यूनीकरणका सम्भावित अन्तर्राष्ट्रिय लाभहरूलाई स्थानीयस्तरसम्म पु¥याउने ।
४. वन पैदावारमा आत्मनिर्भरता हासिल गर्दै यसमा आधारित उद्यमशीलता र रोजगारी वृद्धि गर्ने ।
अपेक्षित उपलब्धि
विद्यमान वनक्षेत्र कायम राखी वनको हैसियत, घनत्व, विविधता र उत्पादकत्वमा गुणात्मक वृद्धि भएको हुने, सङ्घीय ढाँचाअनुसार वन सङ्गठनको पुनर्संरचना भएको हुने, समुदायमा आधारित वन व्यवस्थापन प्रणालीहरू अझ सुदृढ र सबल भएका हुने र वनबाट प्राप्त हुने वस्तु तथा सेवाहरूको विबिधिकरणसहित उक्त वस्तु तथा सेवाहरू विपन्न तथा वञ्चित समूहहरूसम्म पुगेको हुनेछ । साथै, जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनमा वन क्षेत्रको केन्द्रीय भूमिका स्थापित भएको हुने, सोसम्बन्धी लाभ स्थानीय समुदायसम्म पुगेको हुने, वन तथा वन्यजन्तुसम्बन्धी अपराध र चोरी निकासी एवम् अन्य गैरकानूनी क्रियाकलापमा उल्लेख्य कमी आएको हुने, वन पैदावार तथा पारिस्थितिकीय सेवामा आधारित व्यवसाय, रोजगारी तथा आयआर्जनमा वृद्धि भएको हुने र वन क्षेत्रको संस्थागत सुधार एवम् क्षमता विकास भएको हुनेछ ।

वन सम्पदा सम्बन्धी विविध जानकारीहरू
           वन जंगलले ढाकेको क्षेत्र(बुट्यान समेत) नेपालको कूल क्षेत्रफलको ४४.७४ प्रतिशत छ ।
           तेह्रौं योजनाको लक्ष्य४० प्रतिशत पु¥याउने रहेकोमा सो लक्ष्य पूरा भएको ।
           कुनै पनि मुलुकको वातावरण सन्तुलनका लागि ४३% वनक्षेत्र आवश्यक मानिन्छ ।
           सरकारले वि.सं.२०७१ देखि २०८०को दशकलाई वन दशकको रूपमा घोषण गरेको छ ।
           नेपालका संरक्षण क्षेत्रहरूले देशको कूल क्षेत्रफलको २३.३९ प्रतिशत भूभाग ओगटेको छ । नेपालमा पाइने ११८ ओटा पारिस्थितिक पद्धती मध्ये ८० ओटा पारिस्थितिक प्रणाली संरक्षण क्षेत्रभित्र पर्दछन् ।

नेपालका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र
राष्ट्रिय निकुञ्ज
वातावरणीय संरक्षण, प्रकृतिक मनमोहकता कायम गर्न, दुर्लभ वन तथा वन्य जन्तुको संरक्षण गर्न तथा पर्यटकीय आकर्षण निर्माण गर्नका लागि राष्ट्रको निश्चित भूभागलाई निकुञ्जको रूपमा विकास गरिन्छ । वि.सं.२०३० सालमा चितवन राष्ट्रिय निकुञ्जको स्थापनासँगै नेपालमा यस विषयले महत्व पाएको देखिन्छ ।

राष्ट्रिय निकुञ्जको महत्व
           वातावरण सन्तुलन कायम गर्न,
           वन र वन्यजन्तु संरक्षण गर्न,
           पर्यटकीय आकर्षण गर्न,
           जैविक विविधताको संरक्षण गर्न,
           जलस्रोतको संरक्षण गर्न,
           बाढी, पहिरो लगायतका प्रकोपको न्यूनीकरण गर्न,
           वनजन्य औषधीको संरक्षण गर्न,
           काठ, दाउरा आदि इन्धनको उचित उपलब्धता हासिल गर्न,

नेपालका राष्ट्रिय निकुञ्ज र तिनको संक्षिप्त विवरण

नेपालका वन्यजन्तु आरक्षहरू
पर्सा वन्यजन्तु आरक्ष
           वि.सं. २०४० (सन् १९८४) मा स्थापना गरिएको यो आरक्ष करिब ६३७.३७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ ।
           यो वन्यजन्तु आरक्षले चितवन, पर्सा, मकवानपुरका केही भाग समेटेको छ । यस आरक्षमा पाइने प्रसिद्ध जनावरहरूमा हात्ती, बाघ, चितुवा, बँदेल, जरायो र घोडागधा आदि छन् ।

शुक्लाफाँटा वन्यजन्तु आरक्ष
           सन् १९७६ (वि.सं.२०३१) मा स्थापित यो आरक्षको हालको क्षेत्रफल ३०५ वर्ग कि.मि. छ ।
           यो आरक्ष कञ्चनपुर जिल्लामा अवस्थित छ ।
           यहाँ २,००० भन्दा बढी बाह्रसिङ्गे पाइनुका साथै पाटेबाघ, भालु, हात्ती, दुर्लभ सालक, चितुवा, जरायो, चित्तल, गोही, लंगुर, कृष्णसार आदि जनावर पाइन्छन् ।
           प्रसिद्ध रानी तालपनि यसैभित्र पर्दछ ।

कोशीटप्पु वन्यजन्तु आरक्ष
           सन् १९७६ (वि.सं. २०३२) मा स्थापित यो आरक्ष सुनसरी जिल्लामा पर्दछ ।
           यो आरक्ष १७५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ ।
           दुर्लभ अर्ना, घडियाल, मगर गोही तथा विविध जातका माछा र देश विदेशबाट आउने चराचुरुंगीहरूको यहाँ वासस्थान छ ।  यस निकुञ्जमा ४७५ भन्दा बढी प्रजातिका चराहरू पाइन्छन् । हालसम्म यसै क्षेत्रमा चरा महोत्सव हुने गरेको ।
           सन् १९८७ मा इरानको रामसारमा भएको अन्तर्राष्ट्रिय सम्मेलनबाट संरक्षित सिमसार क्षेत्र घोषित भएको 
           अन्तर्राष्ट्रिय सिमसार क्षेत्रमा सूचीकृत हुने पहिलो नेपालको सिमसार क्षेत्रसमेत हो ।

ढोरपाटन शिकार आरक्ष
           बाग्लुङ, रुकुम र म्याग्दी जिल्लाको करिब १,३२५ वर्ग कि.मि. क्षेत्रफलमा अवस्थित यो आरक्ष सन १९८७ (वि.सं. २०४४) मा स्थापना भएको हो ।
           यहाँ नीलो भेडा, बँदेल, रतुवा, कृष्णसार, नाउर, थार, हिमाली भालु आदि जनावर पाइन्छ ।
           एकमात्र शिकार आरक्ष ।

नेपालका संरक्षण क्षेत्रहरू
गौरीशंकर संरक्षण क्षेत्र
           नेपाल सरकारले वि.सं. २०६६ पौष २७ गते (सन् २०१०) राजपत्रमा सूचना प्रकाशित गरी विधिवतरूपमा गौरीशंकर संरक्षण क्षेत्र घोषण गरेको यस संरक्षण क्षेत्रमा रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लालाई समेटिएको र यसको क्षेत्रफल २,१७९ वर्ग कि.मि. रहेको छ ।

अपी नम्पा संरक्षण क्षेत्र
           वि.सं. २०६६ मंसिर १९ सगरमाथाको आधारशिविरमा बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ संरक्षण क्षेत्रको रूपमा अपी नम्पा संरक्षण क्षेत्र घोषण गरे अनुसार वि.सं.२०६७ (सन् २०१०) मा यस संरक्षण क्षेत्रको स्थापना गरेको थियो । यो संरक्षण क्षेत्र दार्चुला जिल्लाको १,९०३ वर्ग कि.मि.मा फैलिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र
           यो संरक्षण क्षेत्र कास्की, लम्जुङ, मुस्ताङ, मनाङ र म्याग्दी जिल्लाको ७,६२९ वर्ग कि.मि.मा फैलिएको छ ।
           यो संरक्षण क्षेत्र वि.सं. २०४९ (सन् १९९२) मा स्थापना भएको हो ।
           यस क्षेत्रमा अनेकौ हिमाली जीवजन्तुहरू, मनोरम दृष्यहरू, पदयात्राको लागि उपयुक्त ठाउँहरू र पर्यटकीय महŒवका अनेकौ प्राकृतिक दृष्यहरू छन् ।
           यो नेपालको संरक्षण क्षेत्रहरूमध्ये सबैभन्दा धेरै क्षेत्रफल भएको संरक्षण क्षेत्र हो ।

कञ्चनजंघा संरक्षण क्षेत्र
           २०३५ वर्ग कि.मि. क्षेत्र ओगटेको यो संरक्षण क्षेत्र ताप्लेजुङ जिल्लामा पर्दछ ।
           यो वि.सं. २०५४ (सन् १९९७) सालमा स्थापना गरिएको हो ।
           यस क्षेत्रमा हिउँ चितुवा, कस्तुरी मृग, हिम भालु, घोरल, ब्वाँसो, नाउर आदि जनावर पाइन्छ ।

मनास्लु संरक्षण क्षेत्र
           वि.सं. २०५५ (सन् १९९८) मा स्थापित यो संरक्षण क्षेत्र मनाङ र गोरखा जिल्लामा पर्दछ ।
           यो क्षेत्र १,६६३ वर्ग किलोमिटर क्षेत्रफलमा अवस्थित छ ।
           यस क्षेत्रमा हिँउ चितुवा, कस्तुरी, मृग, नाउर लगायत विभिन्न चराहरू र अन्य जनावरहरू पाइन्छन् ।

कृष्णसार संरक्षण क्षेत्र
           बर्दिया जिल्लाको खैरापुर क्षेत्रमा रहेको दुर्लभ वन्यजन्तु कृष्णसारको संरक्षणका लागि गुलरिया नगरपालिका अन्तर्गतको १६.९५ वर्ग कि.मी. क्षेत्रलाई नेपाल सरकारले वि.सं.२०६५ फागुन २३ गते कृष्णसार संरक्षण क्षेत्रको रूपमा घोषण गरेको थियो ।

नेपालका संरक्षित पंक्षीहरू
१. कालो सारस 
२. सेतो सारस 
३. सारस 
४. चीर 
५. डाँफे 
६. मुनाल 
७. राज धनेश 
८. खर मजुर 
९. सानो खर मजुर 

संरक्षित घस्रने जन्तु
१. अजिंगर 
२. घडियाल 
३. सुन गोहोरो 

संरक्षित स्तनधारी जन्तुहरू
१. आसामी रातो बाँदर 
२. सालक 
३. हिस्पिढ खरायो 
४. सोंस
५. ब्वाँसो 
६. हिमाली रातो भालु 
७. हाब्रे
८. लिङसाङ/सिलु 
९. चरी बाघ 
१०. लिंक्स 
११. बाघ 
१२. हिउँ चितुवा 
१३. जंगली हात्ती 
१४. गैंडा 
१५. पुड्के बँदेल 
१६. कस्तुरी मृग 
१७. बाह्रसिंगा 
१८. गौरी गाई 
१९. जंगली याक 
२०. अर्ना 
२१. नायन 
२२. चिरु 
२३. कृष्णसार 
२४. चौका 
२५. हुँडार 
२६. ध्वाँसे चितुवा 

नेपाल सरकारद्वारा प्रतिबन्धित वन पैदावारहरू


मध्यवर्ती क्षेत्र
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षका वरिपरिका जनतालाई आरक्ष राष्ट्रिय निकुञ्जका वन्यजन्तु र जनावरले दुःख दिने, लगाइएका कृषि फसल समेत खाइदिने गरेकोले त्यस्ता क्षेत्रको वरिपरिको केही भाग छुट्याउने गरिन्छ, त्यस क्षेत्रलाई मध्यवर्ती क्षेत्र भनिन्छ । मध्यवर्ती क्षेत्रको स्थानीय जनतालाई कूल आम्दानीको ३०% सम्म आम्दानी उपलब्ध गराई उनीहरूलाई सहयोग जुटाउने उद्देश्यले यस प्रकारको भूमि छुट्याउने गरिन्छ ।

नेपालमा रहेका मध्यवर्ती क्षेत्रहरू
१. चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र,
२. बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र,
३. लाङ्टाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र,
४. शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र,
५. मकालु बरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र,
६. सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र,
७. शुक्लाफाँटा वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र,
८. कोशी टप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र,
९. पर्सा वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र,
१०. रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र .
११. खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र
१२. बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र,

राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षबीच फरक
राष्ट्रिय निकुञ्ज भनेको त्यो क्षेत्र हो, जहाँ वन्यजन्तु, वनस्पति र अन्य प्राकृतिक सुन्दरतालाई प्राकृतिक रूपमा नै राखेर जोगाइएको हुन्छ । निश्चित नियम भित्र रहेर यस्ता प्राकृतिक वन्यजन्तु, वनस्पति आदि उपभोग गर्न पाइन्छ । वन्यजन्तु आरक्षमा उपभोग गर्न पाइदैन । यस अन्तर्गत संरक्षण र सम्वद्र्धन मात्र गरिएको हुन्छ । यसबाट के बुझिन्छ भने कुनै वन्यजन्तु आदिको लोप हुन आँटेमा त्यसलाई संरक्षण क्षेत्र कायम गरी निश्चित समयमा पर्याप्त मात्रामा प्राकृतिक उपजहरू भएपछि नियमको परिधिमा रही निकुञ्जको रूपमा उपयोग गर्न सकिन्छ ।

वन ऐन २०४९ ले नेपालको राष्ट्रिय वन व्यवस्थापन तथा उपयोग सम्बन्धमा गरेको व्यवस्थाहरू :
           नेपालको वनजंगललाई सात प्रकारमा वर्गीकरण गरिएको,
           राष्ट्रिय वनको सिमानाभित्र निजी जग्गा पार्न र प्राप्त गर्नमा प्रतिबन्ध लगाइएको,
           राष्ट्रिय वनभित्रको जग्गा कसैले पनि दर्ता गर्न वा गराउन नपाउने ब्यवस्था,
           नेपाल सरकार वा नेपाल सरकारबाट अधिकार प्राप्त अधिकारीबाट पट्टा वा पुर्जि गरी वा अरु कुनै प्रकारले हक वा सहुलियत प्राप्त गरेकोमा बाहेक कुनै व्यक्तिलाई राष्ट्रिय वनमा कुनै किसिमको हक वा सहुलियत प्राप्त नहुने ब्यवस्था ।
           नेपाल सरकारको आदेश बमोजिम बाहेक कुनै व्यक्तिले राष्ट्रिय वनमा आफूले पाएको हक वा सहुलियत अरु कसैलाई बिक्री बन्धक, दान दातव्य वा सट्टा गरी वा अरु कुनै प्रकारले हक छाडी दिन नपाउने ।
           नेपाल सरकारले वा नेपाल सरकारबाट अधिकार प्राप्त अधिकारीले वनको विकास र संरक्षणको निमित्त राष्ट्रिय वनभित्र पर्ने जोसुकैको निजी वा सार्वजनिक बाटो वा खोला बन्द गर्न सक्ने आदि जस्ता ब्यवस्थाहरू गरिएको छ ।


No comments:

Post a Comment