Thursday, June 15, 2017

जनजीवनमा भौगोलिक वातावरणको प्रभाव

नेपाल हिमाल, पहाड र तराई जस्तो भौगोलिक विविधता भएको मुलुक हो । विश्वकै गहिरो अरुण उपत्यकादेखि सर्वोच्च शिखर सगरमाथा यहीँ अवस्थित छ । यस्तो भौगोलिक विविधताले नेपालको  आर्थिक विकासमा निम्न प्रभाव पारेको छ:
क) सकारात्मक प्रभाव
        नेपालको पहाडमा रहेका विभिन्न किसिमका खनिजको प्रयोगबाट आर्थिक उन्नति गर्न सकिने
        विभिन्न किसिमका मनमोहक सुन्दर ताल, नदीनाला, वन जंगल र हिमालको अवस्थितिले पर्यटकीय आकर्षण बढाएको छ
        अन्न भण्डारको रूपमा तराईमा उत्पादित विभिन्न बाली मार्फत उपभोग आवश्यकता पूरा गरेको छ
        हावापानीको विविधता रहँदा अन्नबाली तथा नगदे बालीको फरक मौसममा पनि उपलब्धता
हुन सकेको छ ।

ख) नकारात्मक प्रभाव
        बाढी, पहिरो, भूक्षय डुवान जस्ता प्रकोपका कारण आर्थिक भार बढ्ने गरेको
        हिमाल तथा पहाडी क्षेत्रमा खेतीयोग्य भूमिको अभाव भएको र सिंचाई सुविधा पु¥याउन कठिन भएको
        भिर, पाखा, खोल्साका कारणले यातायात विकास गर्न अत्यधिक आर्थिक स्रोत जुटाउनु परेको 
      अन्त्यमा, नेपालको भौगोलिक विविधताले प्रत्यक्ष रूपमा आर्थिक विकासमा प्रभाव पारेकोछ । सकारात्मक प्रभावको सवलीकरण गर्दै नकारात्मक प्रभावको न्यूनीकरणमा ध्यान दिइएमा आर्थिक विकासमा तिब्रता आउने देखिन्छ ।

भूपरिवेष्ठित राष्ट्र हुनाको कारणले नेपालले भोग्नुपरेका समस्याहरू
चारैतिर भूमि वा जमिनले घेरिएको हुँदा नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो । जसको सिमाना सामुन्द्रिक इलाकासँग जोडिएको छैन । यस कारणबाट नेपालले भोग्नु परेका समस्यालाई देहाय अनुसार उल्लेख गर्न सकिन्छः
१) सस्तो र सुलभ जल यातायातको सुविधाबाट वञ्चित हुनु परेको
२) जलमार्गको अभावले गर्दा अन्तर्राष्ट्रिय व्यापारमा कठिनाई भएको
३) खुला सिमानाले गर्दा चोरी निकासी, पैठारी बढ्ने गरेको
४) सीमा सुरक्षा खर्चिलो हुने गरेको
५) समुन्द्रबाट प्राप्त हुने विभिन्न खनिज तथा सामुन्द्रिक जैविक, अजैविक उत्पादन उपजहरू प्रयोगबाट वन्चित रहनु परेको
६) अन्य मुलुकले निर्धारण गरेको पोर्टसम्बन्धी सर्त र सेवा दस्तुर तिर्नु परेको ।
७) खुल्ला सीमानाका कारण जनसंख्या वृद्धिदर नियन्त्रण कठिनाई भएको । नेपालको आर्थिक विकासमा भौगोलिक विविधताले पारेको प्रभाव

                                                 

No comments:

Post a Comment