Thursday, June 15, 2017

१.१ नेपालको भूगोल (भौगोलिक स्थिति) धरातलीय स्वरुप, हावापानी, जनजीवनमा भौगोलिक वातावरणको प्रभाव र नक्सासम्बन्धी सामान्य जानकारी

भौगोलिक अवस्था/स्वरूप: किसिम र विशेषताहरू
नेपालको भौगोलिक अवस्थिति
दक्षिण एसियामा विश्वका २ ठूला शक्ति सम्पन्न राष्ट्रहरू भारत र चीनको बीचमा रहेको नेपाल २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशको बीचमा र ८० डिग्री ४ मिनेट पूर्वी देशान्तरदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरको बीचमा रहेको छ ।
कूल क्षेत्रफल १४७१८१ वर्ग कि.मि. (५६,८२७ वर्ग माइल) रहेको नेपालले विश्वको कूल भूभागको ०.०३% र एसिया महादेशको ०.३% भूभाग ओगटेको छ । नेपालको पूर्व पश्चिम लम्बाई ८८५ कि.मि. छ । उत्तर दक्षिण चौडाई अधिकतम २४१ कि.मि., न्यूनतम १४५ कि.मि. र सरदर चौडाई १९३ कि.मि. रहेको छ । नेपालका २ जिल्ला ताप्लेजुङ र दार्चुलाले चीन र भारत दुवै तर्फको सिमाना छुन्छन् ।

नेपालको प्रमाणिक समय निर्धारण
नेपालको प्रमाणिक समय गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर रेखाका आधारमा निर्धारण गरिएको छ । जुन प्रमाणिक समय ग्रिनवीच समय भन्दा ५ घन्टा ४५ मिनेट छिटो छ । यो वि.सं. २०४२ बैशाख १ देखि लागू गरिएको हो ।

नेपालको  सिमाना
नेपालको पूर्वपश्चिम र दक्षिणी सिमानामा भारतको ५ वटा प्रान्तहरू (उत्तराञ्चल, उत्तर प्रदेश, बिहार, सिक्किम र पश्चिम बंगाल) पर्दछन् । नेपालको उत्तर दक्षिणको चौडाई भाग ३०० कि.मि. र पूर्व
पश्चिमको लम्बाई ८८५ कि.मि. गरी जम्मा ११८५ कि.मि. दूरीको लम्बाई सिमाना भारतसँग जोडिएको छ भने उत्तरतर्फ चीनको स्वशासित प्रदेश तिब्बत पर्दछ । जुन ८५० कि.मि. दूरीको लम्बाईसँग जोडिएको छ । नेपालको सिमाना निम्न बिन्दुसम्म फैलिएको छ:
 नेपालको सबैभन्दा उत्तरी बिन्दु : हुम्लाको चाङ्ला भन्ज्याङ्ग,
 नेपालको सबैभन्दा पूर्वी बिन्दु : ताप्लेजुङ,
 नेपालको सबैभन्दा दक्षिणी बिन्दु : झापा (लोदावरी) र
 पश्चिमी बिन्दु : कञ्चनपुरको दोधारा हो ।
 नेपाल देखि नजिकको समुद्र : (बंगालको खाडी) ११२६ कि.मि. टाढा रहेको छ ।
 नेपालका २ जिल्ला ताप्लेजुङ र दार्चुलाले चीन र भारत दुवै तर्फको सिमाना छुन्छन् ।

हिमाली प्रदेश
समुन्द्री सतहको करिब ३००० मिटरदेखि ८८४८ मिटरको उचाई तथा तिब्बतको दक्षिण सिमानासम्म फैलिएको भूभागलाई हिमाली प्रदेश भनिन्छ ।
उत्तरदक्षिण २५ कि.मि. देखि ५० कि.मि.सम्मको चौडाईमा फैलिएको यो प्रदेशले नेपालको कूल क्षेत्रफलको १५ % भूभाग ओगटेको छ ।
पत्रे चट्टानद्वारा निर्मित यो प्रदेश पूर्वमा खुम्चिएको र पश्चिममा फैलिएको छ ।
भूबनौटको हिसाबले यो हिमाली प्रदेशलाई पनि मुख्य हिमालय, भित्री हिमालय र सीमान्त हिमालय गरी तीन श्रेणीमा विभाजन गरिएको छ ।
नेपालको राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालको कूल जनसङ्ख्याको ६.७३% जनता यस प्रदेशमा बसोवास गर्दछन् ।
नेपालको १६ जिल्लाको अधिकांश भूभाग यही प्रदेशमा पर्दछ भने विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत प्रमुख हिमशिखरहरू यसै क्षेत्रमा पर्दछन् ।
यस क्षेत्रमा खासगरी शेर्पा, थकाली, भोटे, मनाङी आदि जातिका मानिसहरू बसोवास गर्दछन् भने मुख्य पेशाका रूपमा पशुपालन र पशुजन्य उत्पादनलाई लिन सकिन्छ ।

मुख्य हिमाल
५००० मिटरभन्दा अग्ला सबै हिमाली श्रृङ्खलाहरू पर्ने क्षेत्रलाई मुख्य हिमाली क्षेत्र भनिन्छ । नेपालको यस क्षेत्रमा विश्वका ८,००० मिटर भन्दा अग्ला १४ सर्वोच्च शिखरहरू मध्ये ८ वटा हिमशिखरहरू पर्दछन् ।

भित्री हिमाल
मुख्य हिमालको उत्तर र तिब्बतीय सीमान्त प्रदेशको दक्षिणमा चारैतिर उच्च हिमश्रृङ्खलाले घेरिएको हिमाली उपत्यकाहरूलाई भित्री हिमाल वा नेपालको भोट प्रदेश पनि भनिन्छ । यस अन्र्तगत २,४०० मिटरदेखि ५,००० मिटरसम्मको उचाईमा रहेका हिमश्रृङ्खलाहरू पर्दछन् ।

सीमान्त हिमाल
मुख्य हिमालको उत्तर, तिब्बती सीमाक्षेत्रको दक्षिण ३०कि.मि४५ कि.मि. चौडाईमा नेपालको पश्चिमी भागमा अति उच्च हिमशिखरहरूभन्दा केही होचा मझयौला उचाईका हिमशिखर पाइने क्षेत्रलाई सीमान्त हिमाल भनिन्छ ।
हिमाली प्रदेशका विशेषताहरू
देशको कूल क्षेत्रफलको १५ प्रतिशत भूभाग ओगटेको ।
बहुमूल्य जडिबुटीहरू तथा दुर्लभ वन्यजन्तुहरू पाइने
ठूलाठूला नदी तथा हिमनदीहरूको उद्गमस्थल ।
विश्वको सर्वाेच्च शिखर सगरमाथा तथा विश्वको सर्वाधिक उचाईमा रहेको तिलिचो ताल यही क्षेत्रमा
अवस्थित रहेको,
अधिकांश समय हिउँले ढाक्ने हुँदा चिसो र शुष्क हावापानी तथा उब्जाउयुक्त भूमि कम,
बौद्ध धर्मावलम्बीको बाहुल्यता,
पशुपालन मुख्य व्यवसाय,
पर्यटकीय दृष्टिले महत्वपूर्ण हिमचुचुरा एवम् पदमार्गहरू आदि ।

पहाडी प्रदेश
तराई प्रदेशको उत्तर तथा हिमाली प्रदेशको दक्षिणमा समुन्द्री सतहबाट करिब ६०० मिटर देखि ३००० मिटरसम्मको उचाईमा झन्डै ७५ देखि १२५ कि.मि. सम्मको चौडाई भित्र पूर्व पश्चिम फैलिएको छ ।
नेपालको कूल क्षेत्रफलको ६८% भूभाग ओगटेको,
नेपालका ३९ जिल्लाहरू र पाँचै विकास क्षेत्रका सदरमुकामहरू पर्ने ।
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार कूल जनसङ्ख्याको ४३.०१% प्रतिशत जनता पहाडी प्रदेशमा बस्छन् ।
कृषि पेशा नै यहाँको प्रमुख पेशा,
भित्री पहाड (मध्य भूमि), महाभारत लेक तथा शिवालिक श्रेणी गरी ३ उपक्षेत्रमा बाँड्न सकिन्छ ।
यहाँ ब्राम्हण, क्षेत्री, किराँत, गुरुङ, मगर, तामाङ, राई, लिम्बू आदि जातजातिको बसोवास स्थल रहेको छ ।

(क)  मध्य भूमि (भित्री पहाड) 
हिमालय प्रदेशको दक्षिण र महाभारत श्रृङ्खलाको उत्तरमा अवस्थित मध्यभूमि अर्थात भित्री पहाडको चौडाइ करिब २५ देखि ५० कि.मि. (उत्तरदक्षिण) रहेको छ भने उचार्ई समुद्र सतहदेखि करिब ६०० मिटर देखि १५०० मिटरसम्म छ। 
विश्वकै गहिरो (४५७ मिटर)  अरुण उपत्यका यसै क्षेत्रमा पर्दछ ।
 यस क्षेत्रमा विभिन्न टारहरू  र कोशी, गण्डकी, त्रिशुली, सुनकोशी,अरुण तथा तमोर नदीद्वारा निर्मित उपत्यकाहरू पर्दछन् ।

(ख)  महाभारत लेक 
मध्यभूमिको दक्षिणमा हिमालय पर्वत श्रेणीभन्दा अलिक होचो पूर्वदेखि पश्चिम फैलिएको पहाडहरूको श्रृङ्खलालाई नै महाभारत लेक भनिन्छ ।   यसको उचार्इ करिब १५०० देखि ३००० मिटरसम्म रहेको छ ।
 ग्राफाइट, ग्रेनाइट, स्लेट, बलौटे ढुङ्गा, चुनढुङ्गा आदि विभिन्न चट्टानहरूबाट निर्मित यो पर्वतलाई लघु हिमाल वा होचो हिमाल वा मध्य हिमाल पनि भन्ने गरिन्छ । 
यो क्षेत्रलाई कोशी, गण्डकी, कर्णाली आदि नदीहरूले काटेका छन् ।   रमणीय र स्वस्थ्यकर हावापानी भएको कारणले महाभारत पवर्त श्रेणीलार्इ नेपालको हावाखारेी पनि भनिन्छ । 
 महाभारतको सबैभन्दा अग्लो चुचुरा शैलुङ पर्वत दोलखा जिल्लामा पर्दछ ।

 (ग)  चुरे पर्वत 
महाभारत पर्वत श्रृङ्खलाको दक्षिणी भागमा तराईको मैदानी भागदेखि २०० देखि ६०० फिटसम्मको अग्लो पहाडलाई चुरे पर्वत (शिवालिक श्रेणी) भनिन्छ । 
यो पर्वत बलौटे ढुङ्गा, रोडा, कंकड, पत्थर, बालुवा, अभ्रख आदि मिलेर बनेको छ । 
पूर्वमा होचो तर पश्चिममा क्रमशः अग्लिदै गएको चुरे पर्वतको सबैभन्दा अग्लो भाग (९,४६२ फिट) उचार्ई कैलाली जिल्लामा पर्दछ । यसलाई गार्वा भनिन्छ ।

पहाडी प्रदेशका विशेषताहरू 
देशको कूल क्षेत्रफलको करिब दुई तिहाई भूभाग ओगटेको
पाँचै विकासक्षेत्रको सदरमुकामहरू यही क्षेत्रमा रहेको
विविधतायुक्त रहनसहन, भेषभुषा तथा संस्कृतिको थलो
हिन्दू धर्मावलम्बीको बाहुल्यता रहेको,
कृषि तथा नोकरीलाई प्रमुख व्यवसायको रूपमा अपनाइने गरेको,
देशको राजधानी काठमाण्डौ यसै क्षेत्रमा पर्ने,  
 मनोरम एवम् स्वस्थ्यकर हावापानी आदि ।
तराई प्रदेश
नेपालको सबैभन्दा दक्षिणी भागमा उत्तरदेखि दक्षिणतर्फ होचिदै गएको समुन्द्री सतहबाट ७० मिटर देखि ६०० मिटरसम्मको उचार्र्ईसम्म फैलिएको समथर क्षेत्रलाई तराई प्रदेश भनिन्छ ।
उत्तर दक्षिण फैलावट  २५ देखि ३० किलोमिटरसम्म रहेको,
नेपालको कूल क्षेत्रफलको १७ % भूभाग ओगटेको यस क्षेत्रमा नेपालका २० जिल्ला पर्दछन् । 
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कूल जनसङ्ख्याको ५०.२७% जनसङ्ख्या बसोवास गर्ने ।
यस क्षेत्रमा मैथिली, भोजपुरी, अवधि, थारु जस्ता भाषा समुदायका विभिन्न जातजातिको बसोवास रहेको छ । 
औद्योगिक, व्यापारिक एवम् यातायातका दृष्टिले महत्वपूर्ण यस प्रदेशमा नेपालका ठूलाठूला औद्योगिक सहरहरू रहेका छन् ।
उब्जाउ जमिनको प्रधानताको कारण यस भूमिलाई नेपालको अन्नको भण्डारसमेत भन्ने गरिन्छ । 
यस क्षेत्रलाई मूख्य तराई, भावरप्रदेश र भित्री मधेस गरी ३ श्रेणीमा विभाजन गर्न सकिन्छ ।

मूख्य तराई 
नेपालको  सबैभन्दा दक्षिणी भागमा रहको, दक्षिण तर्फ होचिदै  गएको ूभागलार्इ खास तरार्इ भनिन्छ । 
मिहीन पाँगो माटोले बनेको कृषिका लागि उर्वर भूमि भएकाले नेपालको अन्नको भण्डार समेतको रूपमा चिनिने,
समुन्द्र सतहदेखि २०० मिटर उचार्र्ईमा रहेको यस क्षेत्रको चौडाई करिब २५ देखि ३० कि.मि. रहेको
यस भागलाई नेपालको अन्न भन्डारपनि भन्ने गरिन्छ । तराईको मैदानी भागलाई समेत पूर्वी तराई,मध्य तराई र पश्चिमी तराई गरी विभाजन गरिएको छ  ।

भाबर क्षेत्र 
खास तराईको उत्तर र चुरे पर्वतमालाको दक्षिणमा ३८० मिटरको उचार्र्ईसम्म फैलिएको साँगुरो पेटिलाई भाबर क्षेत्र भनिन्छ । 
बालुवायुक्त, फुस्रो नरम माटोले बनेको समुन्द्र सतहभन्दा करिब ३०० मिटरको उचार्ईमा रहेको,
पूर्व पश्चिम लम्बाई १२५ देखि ४०० कि.मि.सम्म र चौडाई १० देखि १५ कि.मि. सम्म फैलिएको छ
हरियो वन नेपालको धनभनी उखान प्रचलित गराउनमा भूमिका खेल्ने चारकोशे झाडीयसै क्षेत्रमा पर्दछ ।

भित्री मधेस 
चुरे र महाभारत पर्वत श्रेणीबीचमा ६०० मिटरको अग्लो स्थानसम्म चारैतिर पहाड पर्वतले घेरिई फैलिएको विशाल फाँटलाई भित्री मधेस वा दुन क्षेत्र भनिन्छ । 
३२ देखि ६४ कि.मि. सम्म लम्बाई र १६ कि.मि. सम्म चौडाई भएको नेपालको कूल क्षेत्रफलको ८.५% भूभाग समेटिएको छ । 
उदयपुर, सिन्धुली, नवलपरासी, चितवन, दाङ, मकवानपुर र सुर्खेत गरी ७ जिल्ला पर्दछन् ।  
पहाडकोबीचमा रहेकोले यस क्षेत्रमा न्यानो हावापानी पाइन्छ ।
तराई प्रदेशका विशेषताहरू  
नेपालको कूल क्षेत्रफलको १७ प्रतिशत भूभाग तराई क्षेत्रमा पर्ने
औद्योगिक, व्यवसायिक तथा आर्थिक, सामाजिक विकासका दृष्टिले अन्य प्रदेशको तुलनामा अगाडि रहेको,
नेपालको अन्न भण्डारको रूपमा चिनिने,   अत्यन्त गर्मी, धेरै वर्षात, उब्जाउ जमिन, घना बस्ती रहेको,
भारतीय रहनसहन र संस्कृतिको बढी प्रभाव भएको
मैथिली, भोजपुरी, अवधि, थारु जस्ता भाषा समुदायका विभिन्न जातजातिहरूको बसोवास रहेको ।

नेपालको भौगोलिक विशेषताहरू
नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो । यो दक्षिण एसियामा विश्वका २ ठूला शक्ति सम्पन्न राष्ट्रहरू भारत र चीनको बीचमा रहेको छ । 
नेपाल २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशको बीचमा र ८० डिग्री ४ मिनेट पूर्वी देशान्तरदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरको बीचमा रहेको छ । 
कूल क्षेत्रफल १४७१८१ वर्ग कि.मि. (५६,८२७ वर्ग माइल) रहेको नेपालले विश्वको कूल भूभागको ०.०३% र एसिया महादेशको ०.३% भूभाग ओगटेको छ ।  
नेपालको प्रमाणिक समय गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर रेखाका आधारमा निर्धारण गरिएको छ । 
फरकफरक उचाई र स्वरूपका कारण क्षेत्रफलका दृष्टिले सानो मुलुक नेपालमा पनि विविध प्रकारको हावापानी पाइन्छ   हावापानीको आधारमा ऋतुहरूको विभाजन गरिएको छ । 
नेपाल हिमाल, पहाड र तराई जस्तो भौगोलिक विविधता भएको मुलुक हो । 
विश्वकै गहिरो अरुण उपत्यकादेखी सर्वोच्च शिखर सगरमाथा यहीँ अवस्थित छ ।
जलसम्पदाको दृष्टिले नेपाल ब्राजिलपछि विश्वको दोस्रो धनी राष्ट्र र एसियामा पहिलो राष्ट्र मानिन्छ ।
पासाङ ल्हामु चुली
पासाङ्ग ल्हामु शेर्पा नेपालको सगरमाथा आरोहण गर्ने प्रथम र विश्वकै १७ औं महिला हुन र उनकै स्मृतिमा खुम्बु हिमश्रृंखलामा पर्ने ७,३५१ मिटर अग्लो जासम्बा हिमचुलीको नाम परिवर्तन गरी पासाङ्ग ल्हामुचुली नामाकरण गरिएको छ । यस हिमचुलीको आरोहणवापत प्राप्त हुने रोयल्टी पासाङ्गल्हामु पर्वतारोहण प्रतिष्ठानलाई प्रदान गरिन्छ ।

शान्ति शिखर
सोलुखुम्बु जिल्लाको खुम्बु वा (महालंगुर) हिमश्रृंखलामा पर्ने ७,५९१ मिटर अग्लो Pick -38 लाई नेपाल सरकारले मिति २०४८ पुस २३ गते शान्ति शिखर नामाकरण गरी पर्वतारोहणका लागि खुल्ला गरेको छ ।

भौगोलिक अवस्था सम्बन्धी विविध जानकारी
नेपालको सबैभन्दा होचो हिमरेखा ४५०० मिटरमा रहेको रूपीनालाहो । जुन नेपालको गोरखा जिल्लामा अवस्थित छ ।
माहाभारत पर्वतको सबैभन्दा अग्लो स्थान शैलुङ्गदोलखा जिल्लामा पर्दछ ।
चुरे पर्वतको सबैभन्दा अग्लो भाग गार्वा नेपालको कैलाली जिल्लामा पर्दछ ।
लघु हिमाल भनेर महाभारत पर्वतलाई भनिन्छ ।
मध्य भूमि भन्नाले महाभारत पर्वत श्रेणी र हिमालय पर्वत श्रेणीको बीचको उपत्यका, टार, बेसीहरूलाई बुझाउँछ ।

दशगजा
नेपाल र भारतबीच सन् १८१६ मा भएको सुगौली सन्धि पछि नेपालको भूभाग पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म सीमित हुन जाँदा नेपालको दक्षिणी भेग र भारतवीचको सीमा छुट्याउन प्रयोग भएको दश गज चौडाई भएको भूक्षेत्र नै दशगजा हो । यो सीमाक्षेत्र कहाँकहाँबाट गएको छ भनी निश्चित अन्तरमा विभिन्न आकार र उचाईका खम्बाहरू गाडिएका छन् ।

नयाँ मुलुक
सन् १८५७ मा भारतमा भएको सैनिक बिद्रोह दबाउन इष्ट इण्डिया सरकारलाई सहयोग गरेवापत नेपालको सुगौली सन्धिका बखत गुमाउनु परेका तर फिर्ता पाएका भूभागलाई नयाँ मुलुकभनेर चिनिन्छ । ती चार जिल्लामा हाल नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला पर्दछन् । यस भूभागलाई फिर्ता दिलाउने विषयको सन्धिमा नेपालका तर्फबाट जंगबहादुर राण र इण्डियाका तर्फबाट एल के जर्ज ट्याम्जेबाट सन् १८६०नोभेम्बर १ मा हस्ताक्षर भएको थियो ।

श्रीलंका टप्पु
कोशी नदीको जलमार्ग परिवर्तन हुँदा कोशी नदीको पूर्वी तटमा बनेका उदयपुर, सप्तरी, सिराहा,
सुनसरी जिल्लामा पर्ने पाँच वटा टापुको समूहलाई श्रीलंका टप्पु भनिन्छ । यो क्षेत्रलाई फलफुल र तरकारी खेतीको लागि उर्वरभूमिको रूपमा समेत हेर्ने गरिन्छ ।


No comments:

Post a Comment