हावापानीको आधारमा
नेपालको वर्गीकरण
फरक–फरक उचाई र स्वरूपका
कारण क्षेत्रफलका दृष्टिले सानो मुलुक नेपालमा पनि विविध प्रकारकोहावापानी पाइन्छ
। यसलाई निम्न अनुसार ५ प्रकारमा वर्गीकरण गर्ने गरिएको छ:
१. उष्ण मनसुनी
हावापानीः समुन्द्री सतहदेखि १२०० मिटरसम्मको
उचाईमा
२. न्यानो समशीतोष्ण
हावापानी: १२०० मिटरदेखि २१०० मिटरसम्म
३. ठण्डा समशीतोष्ण
हावापानी: २१०० मिटरदेखि ३३००
मिटरसम्म
४. लेकाली हावापानी: ३३०० मिटरदेखि ५०००
मिटरसम्म
५. हिमाली हावापानी: ५००० मिटरदेखि ८८४८
मिटरसम्म
उष्ण मनसुनी
हावापानी
⦁ समुद्र सतहदेखि करिब १,२०० मिटर (४०००फिट) उचाईसम्मका
क्षेत्रहरू तराई, भावर, दुन र चुरे पर्वतको फेदतिर पाइने
हावापानीलाई उष्ण हावापानी क्षेत्र भनिन्छ ।
⦁ यस क्षेत्रको सरदर तापक्रम गर्मी याममा १५—४० डिग्री से. सम्म
हुन्छ भने शीतकालमा १५—५ डिग्री से.सम्म ओर्लिन्छ ।
⦁ अन्य क्षेत्रको तुलनामा यहाँ अत्याधिक गर्मी हुन्छ । जसमा बर्दिया, नेपालगन्ज, कैलाली, भैरहवा, विराटनगर, बुटवल जस्ता ठाउँहरू
पर्दछन् ।
⦁ वर्षा ऋतुमा यहाँ सरदर २०० सेन्टिमिटर (१३००—२६०० मिलिमिटर) सम्म
वर्षा हुन्छ भने गृष्म ऋतुमा तातो हावा (लु) बहन्छ ।
⦁ जाडोमा अति जाडो र गर्मीमा अति गर्मी हुने हुँदा स्वास्थ्यका लागि
उपयोगी नभए पनि कृषि कार्य (विशेषत :धान र जुट) का लागि उपयोगी मानिन्छ ।
न्यानो समशीतोष्ण
हावापानी
⦁ चुरे पहाड र महाभारत पर्वतको १२०० मिटरदेखि २१०० मिटरसम्मको उचाईमा पाइने
हावापानीलाई न्यानो समशीतोष्ण हावापानी भनिन्छ । यस क्षेत्रमा गृष्म ऋतुमा
न्यानो हुन्छ भने हिउँदमा निकै जाडो हुन्छ ।
⦁ गृष्म ऋतुमा तापक्रम २४—३० डिग्री से.सम्म पुग्दछ भने हिउँदमा
० डिग्री से. सम्म ओर्लिन्छ । गर्मीमा यस क्षेत्रमा १२५ सेन्टिमिटर सम्म वर्षा
हुन्छ । वर्षा दक्षिणबाट उत्तरतर्फ क्रमश: कम हुँदै जान्छ ।
ठण्डा समशीतोष्ण
हावापानी
⦁ महाभारत पर्वतको उच्च भाग र हिमालको तल्लो भागमा २,१००—३,३०० मिटर सम्मको
उचाईमा ठण्डा समशीतोष्ण हावापानी पाइन्छ ।
⦁ यस क्षेत्रमा तापक्रम १५—२० डिग्री सेल्सियस र जाडोमा ० डिग्री
से. भन्दा तल हुन्छ । गर्मीमा वर्षा १०० सेन्टिमिटरसम्म हुन्छ भने हिउँदमा हिउँ
वर्षिन्छ ।
⦁ न्यून तापक्रम र न्यून वर्षाको कारणले यहाँ खेतीपाती अत्यन्तै कम
हुन्छ र जीवन कष्टकर भए पनि स्वास्थ्यको दृष्टिले यस्तो हावापानी उपयुक्त मानिन्छ
।
लेकाली हावापानी
⦁ ३,३०० मिटरदेखि ५,००० मिटर उचाईसम्मको हिमाली क्षेत्रको
शुष्क ठण्डा हावापानीलाई लेकाली हावापानी भनिन्छ ।
⦁ यो क्षेत्रमा गर्मीमा १०—१५ डिग्री से. सम्म तापक्रम पाइन्छ भने
जाडोमा ० डिग्री सेल्सियम भन्दा तल पुग्दछ ।
⦁ यहाँ वर्षा वर्षभरिमा करिब ४० सेन्टिमिटरसम्म हुन्छ ।
⦁ यस्तो हावापानी भएको क्षेत्रमा खेतीपाती हुँदैन तर पशुपालनका लागि
राम्रो मानिन्छ ।
टुण्ड्रा हावापानी
समुन्द्र सतहबाट ५,००० मिटरभन्दा
माथिको उचाईंमा रहेको उच्च हिमाली क्षेत्रमा पाइने हावापानीलाई टुण्ड्राहावापानी
भनिन्छ । यसलाई लेकाली हावापानी पनि भनिन्छ ।
⦁ यहाँको तापक्रम ० डिग्री सेल्सियसभन्दा कम र वर्षाको रूपमा हिउँनै
वर्षन्छ ।
⦁ यहाँ मध्यान्हपछि हिउँको भीषण हुरी चल्दछ ।
⦁ यहाँको हावापानीलाई हिमाली मरुभूमि जलवायु पनि भनिन्छ ।
ऋतु परिवर्तनका कारण
⦁ पृथ्वी गोलाकार हुनु
⦁ पृथ्वीको अक्ष साढे ६६ डिग्रीको कोणमा ढल्कनु
⦁ पृथ्वीले सूर्यको परिक्रमा गर्नु
⦁ पृथ्वीको कक्ष अन्डाकार हुनु
⦁ पृथ्वीको अक्ष सधै एकनास रूपमा ढल्कनु
हावापानीको आधारमा
ऋतुहरूको विभाजन
मौसम र जलवायुमा फरक
कुनै स्थानको
हावापानीको औषत अवस्थालाई जलवायु भनिन्छ भने दैनिक रूपमा बदलाव आउने घाम, पानी, बादल, हुरीबतास, कुहिरोकोअवस्थालाई
मौसम भनिन्छ । मौसम अस्थिर प्रकृतिको हावापानीको अवस्था हो भने जलवायु मौसमको कूल
अवस्था हो ।
नेपालको हावापानीलाई
असर पार्ने मुख्य तत्वहरू
⦁ समुद्री सतहदेखिको उचाई,
⦁ अक्षांशीय अवस्थिति,
⦁ जमिनको अवस्थिति,
⦁ सामुन्द्रिक दूरी,
⦁ वन क्षेत्रको क्षेत्रफल,
वृष्टि छायाँ
वृष्टि हुँदाका बखत
सोबाट उत्पन्न छायाँलाई वृष्टि छाँया भनिन्छ । यो आद्र्रतायुक्त वायु वहँदा उच्च
हिमाली तथा पहाडी भेगमा ठोक्किन गई एकातिर वर्षा हुने र विपरित क्षेत्रमा सुख्खा
रहने अवस्था हो । जस्तैः वंगालको खाडीबाट आउने वायु नेपालका उच्च हिमालमा ठोक्किन जाँदा
मनाङ्ग र मुस्ताङ्गमा सुख्खा रहँदा दक्षिणी भेगमा वर्षा हुनु र यस्तो वर्षातको
छायाँ सुख्खा क्षेत्रमा देखापर्नु ।
हावापानी विविध
⦁ नेपालको चेरापुँजी भनेर लुम्ले (कास्की) लाई चिनिन्छ ।
⦁ नेपालमा मनसुनको प्रवेश वंगालको खाडीबाट हुन्छ ।
⦁ एउटै अक्षांश रेखामा पर्ने भएतापनि नेपालगंज र नाम्चे बजारमा फरक फरक
हावापानी पाइन्छ ।
⦁ नेपालमा सबैभन्दा बढी जाडो हुने ठाउँ मुस्ताङ्ग हो ।
⦁ नेपालमा सबैभन्दा बढी गर्मी हुने ठाउँ नेपालगञ्ज हो ।
⦁ नेपालमा सबैभन्दा बढी वर्षा हुने स्थान लुम्ले कास्की हो ।
No comments:
Post a Comment