Thursday, June 15, 2017

१.२ नेपालको राजनैतिक विभाजनको आधार; महत्व र विशेषता

राजनीतिक विभाजनको परिचय
जनप्रतिनिधि छनोट गर्न प्रशासन सञ्चालन गर्न, देशको शासन व्यवस्था सञ्चालन गर्न, सन्तुलित रूपमा विकास गर्न,  मुलुकको सम्पूर्ण भूभागलाई विभिन्न प्रदेश, प्रान्त, जिल्ला, नगरपालिका तथा गाउँपालिका आदि जस्ता राजनैतिक र प्रशासनिक एकाइमा वर्गिकरण गरिएको हुन्छ जसलाई राजनीतिक विभाजन भनिन्छ । धरातलीय हिसावमा हिमाल, पहाड र तराई गरी तीन भागमा नदिका आधारले कोशी, गण्डकी र कर्णाली प्रदेश गरी तीन भागमा विभाजन गरिएजस्तै राजनीतिक आधारमा हाल ७५ जिल्ला, २४६ वटा नगरपालिका र ४८१ गाउँपालिकामा विभाजन गरिएको छ । नेपालको संविधान २०७२ अनुसार नेपाललाई ७ प्रदेशमा विभाजन गरिएको छ । 
नेपालको राजनीतिक विभाजनलाई विभिन्न समयमा विभिन्न आधारहरू लिएर गर्ने गरेको पाइन्छ । यसको इतिहासलाई हेर्दा,
भिमसेन थापाको पालामा नेपाललाई ३९ जिल्लामा विभाजन गरिएका थियो ।

जनजीवनमा भौगोलिक वातावरणको प्रभाव

नेपाल हिमाल, पहाड र तराई जस्तो भौगोलिक विविधता भएको मुलुक हो । विश्वकै गहिरो अरुण उपत्यकादेखि सर्वोच्च शिखर सगरमाथा यहीँ अवस्थित छ । यस्तो भौगोलिक विविधताले नेपालको  आर्थिक विकासमा निम्न प्रभाव पारेको छ:
क) सकारात्मक प्रभाव
        नेपालको पहाडमा रहेका विभिन्न किसिमका खनिजको प्रयोगबाट आर्थिक उन्नति गर्न सकिने
        विभिन्न किसिमका मनमोहक सुन्दर ताल, नदीनाला, वन जंगल र हिमालको अवस्थितिले पर्यटकीय आकर्षण बढाएको छ
        अन्न भण्डारको रूपमा तराईमा उत्पादित विभिन्न बाली मार्फत उपभोग आवश्यकता पूरा गरेको छ
        हावापानीको विविधता रहँदा अन्नबाली तथा नगदे बालीको फरक मौसममा पनि उपलब्धता

वन सम्पदाः अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरू

वन, घाँस, दाउरा, काठ कृषि उपज आदिको हिसाबले महत्वपूर्ण त छदैँछ यसको सम्बन्ध पर्यावरण सन्तुलनसँग पनि जोडिएको छ । कृषि प्रधान देश नेपालमा कृषि वनको समेत उत्तिकै उपयोगिता रहेको छ । नेपालमा हाल ४०.३६% वन क्षेत्र रहेको छ । बुट्यान क्षेत्र (४.३८%) समेतलाई लिँदा कूल क्षेत्रफलमा ४४.७४% वन क्षेत्रले ढाकेको छ । वन रहेको उचाई, यसको प्रकृति, प्रकार विशेषता आदिको आधारमा वनलाई निम्नानुसार विभाजन गरिएको छ: 
१) उपोष्ण सदाबहार वन
           तराई भावर, दुन र चुरे पहाडको करिब १,२०० मिटर (समुद्र सतहबाट) सम्मको उचाईमा अग्ला, मोटा तथा सदाबहार प्रकृतिको रुखहरू पाइने वन क्षेत्रफललाई उपोष्ण प्रदेशीय सदाबहार वन भनिन्छ । यस क्षेत्रमा वर्षा र तापक्रम प्रशस्त हुने ।
           साल, सिसौ, खयर, सतिसाल, सिमल आदि कडा खालका रुखहरू पाइने ।
           चारकोशे झाडीको रूपमा समेत चिनिने
           बाघ, भालु, गैडा, हात्ती तथा विभिन्न चराचुरुङ्गी र अजिङ्गर, गोही सोस आदि घस्रने जीबहरू समेत पाइने ।

२) समशीतोष्ण मौसमी पतझर वन
           ,२०० देखि २१०० मिटरसम्मको उचाईमा मौसमी पतझर वन पाइन्छ । हिउँदमा पात झर्ने हुनाले यस्तो वनलाई मौसमी पतझर वन भनिन्छ ।

जलसम्पदाः स्थिति र महत्व

जलसम्पदा
जल प्राप्त हुने सबै किसिमका स्रोतहरूको समष्टिलाई जल सम्पदा भनिन्छ । जुन प्राकृतिक स्रोतकोरूपमा नदी, ताल, पोखरी, झरना लगायतका विभिन्न स्वरूपमा पाइन्छ ।
        जलसम्पदा नेपालको एक महत्वपूर्ण प्राकृतिक संसाधन हो । 
        जलसम्पदाको दृष्टिले नेपाल ब्राजिलपछि विश्वको दोस्रो धनी राष्ट्र र एसियामा पहिलो राष्ट्र मानिन्छ ।
        देशको आर्थिक विकासका लागि महत्वपूर्ण स्थान ओगट्ने हिमनदी, नदी, ताल आदिको समष्टि स्वरूपलाई नै जलसम्पदा भनिन्छ । 

नेपालको जलसम्पदाको स्थिति
        नेपालको जलसम्पदाको प्रमुख स्रोतहरू भनेको
                  हिमनदीहरू
                  नदीहरू – (करिब ६ हजारभन्दा बढी नदीनालाहरू)
                  विभिन्न स्थानमा रहेका ताल, तलैया र कुण्डहरू आदि हुन् ।
        नेपालको कूल क्षेत्रफलको ३.९% भूभाग नदीनालाले ओगटेको पाइन्छ ।

हावापानी: किसिम र विशेषता

हावापानीको आधारमा नेपालको वर्गीकरण
फरकफरक उचाई र स्वरूपका कारण क्षेत्रफलका दृष्टिले सानो मुलुक नेपालमा पनि विविध प्रकारकोहावापानी पाइन्छ । यसलाई निम्न अनुसार ५ प्रकारमा वर्गीकरण गर्ने गरिएको छ:
१. उष्ण मनसुनी हावापानीः समुन्द्री सतहदेखि १२०० मिटरसम्मको उचाईमा
२. न्यानो समशीतोष्ण हावापानी: १२०० मिटरदेखि २१०० मिटरसम्म
३. ठण्डा समशीतोष्ण हावापानी: २१०० मिटरदेखि ३३०० मिटरसम्म
४. लेकाली हावापानी: ३३०० मिटरदेखि ५००० मिटरसम्म
५. हिमाली हावापानी: ५००० मिटरदेखि ८८४८ मिटरसम्म

 उष्ण मनसुनी हावापानी
        समुद्र सतहदेखि करिब १,२०० मिटर (४०००फिट) उचाईसम्मका क्षेत्रहरू तराई, भावर, दुन र चुरे पर्वतको फेदतिर पाइने हावापानीलाई उष्ण हावापानी क्षेत्र भनिन्छ ।
        यस क्षेत्रको सरदर तापक्रम गर्मी याममा १५४० डिग्री से. सम्म हुन्छ भने शीतकालमा १५५ डिग्री से.सम्म ओर्लिन्छ ।

१.१ नेपालको भूगोल (भौगोलिक स्थिति) धरातलीय स्वरुप, हावापानी, जनजीवनमा भौगोलिक वातावरणको प्रभाव र नक्सासम्बन्धी सामान्य जानकारी

भौगोलिक अवस्था/स्वरूप: किसिम र विशेषताहरू
नेपालको भौगोलिक अवस्थिति
दक्षिण एसियामा विश्वका २ ठूला शक्ति सम्पन्न राष्ट्रहरू भारत र चीनको बीचमा रहेको नेपाल २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशको बीचमा र ८० डिग्री ४ मिनेट पूर्वी देशान्तरदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरको बीचमा रहेको छ ।
कूल क्षेत्रफल १४७१८१ वर्ग कि.मि. (५६,८२७ वर्ग माइल) रहेको नेपालले विश्वको कूल भूभागको ०.०३% र एसिया महादेशको ०.३% भूभाग ओगटेको छ । नेपालको पूर्व पश्चिम लम्बाई ८८५ कि.मि. छ । उत्तर दक्षिण चौडाई अधिकतम २४१ कि.मि., न्यूनतम १४५ कि.मि. र सरदर चौडाई १९३ कि.मि. रहेको छ । नेपालका २ जिल्ला ताप्लेजुङ र दार्चुलाले चीन र भारत दुवै तर्फको सिमाना छुन्छन् ।

नेपालको प्रमाणिक समय निर्धारण
नेपालको प्रमाणिक समय गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर रेखाका आधारमा निर्धारण गरिएको छ । जुन प्रमाणिक समय ग्रिनवीच समय भन्दा ५ घन्टा ४५ मिनेट छिटो छ । यो वि.सं. २०४२ बैशाख १ देखि लागू गरिएको हो ।

नेपालको  सिमाना
नेपालको पूर्वपश्चिम र दक्षिणी सिमानामा भारतको ५ वटा प्रान्तहरू (उत्तराञ्चल, उत्तर प्रदेश, बिहार, सिक्किम र पश्चिम बंगाल) पर्दछन् । नेपालको उत्तर दक्षिणको चौडाई भाग ३०० कि.मि. र पूर्व

Thursday, May 11, 2017

Lok Sewa Aayog Nepal - बन बिनाशका कारणहरु

Lok Sewa Aayog Nepal - नेपालमा बन सम्पदाको महत्व

Lok Sewa Aayog Nepal - कुपोषण सम्बन्धि जानकारी

बनजंगल संरक्षणका उपायहरु - Lok Sewa Aayog Nepal

Triangle counting short Curt tricks part-1(Lok Sewa Aayog Nepal)

Lok Sewa Aayog Nepal - मल्लकालीन प्रमुख राजाहरुको बारेमा जानकारी

Lok Sewa Aayog Nepal - पशुपतिनाथको स्थापना सम्बन्धि जानकारी

Lok Sewa Aayog Preparation-विश्वको भूगोल सम्बन्धि महत्वपुर्ण जानकारी

Lok Sewa Aayog Nepal - अफ्रीका महादेशका भुपरिबेस्ठीत राष्ट्रहरुको नाम याद सजिलो सुत्र

Lok Sewa Aayog Nepal - सुबिधा बन्चित आदिबाशी/जनजाती याद सजिलोसुत्र

Lok Sewa Aayog Nepal-आसियानका 5 संस्थापक तथा 10 सदस्य राष्ट्रहरुको नाम याद गर्ने सजिलो सुत्र

Lok Sewa Aayog Nepal-हिमाली प्रदेशका जिल्लाहरुको नाम याद गर्ने सजिलो सुत्र

Lok Sewa Aayog Nepal- तराई प्रदेशका जिल्लाहरुको नाम याद गर्ने सजिलो सुत्र

Lok Sewa Aayog Preparation - By Tips In Nepali

Lok Sewa Aayog Preparation-एसिया महादेशका भुपरिबेस्ठीत राष्ट्रहरुको नाम याद गर्ने सजिलो सुत्र

Lok Sewa aayog Preparation-पहाडी प्रदेशका जिल्लाहरुको नाम यादगर्ने सजिलो सुत्र

बडापत्रमा हस्ताक्षर गर्ने राष्ट्र तथा सरकार प्रमुखहरु को नाम याद राख्ने सजिलो सुत्र

Wednesday, May 10, 2017

कुन जिल्लाको के विशेषता

कुन जिल्लाको के विशेषता
  • सबैभन्दा उचाइमा सदरमुकाम भएको जिल्ला– हुम्ला
  • ५२ पोखरी ५३ टाकुरीको जिल्ला– रुकुम
  • जुनार खेतीका लागि प्रसिद्ध जिल्ला– सिन्धुली र रामेछाप
  • नेपालको मरुभूमि– मुस्ताङ
  • नेपालको नक्सासँग मिल्दो आकृति भएको जिल्ला– बाग्लुङ
  • सबैभन्दा बढी विमानस्थल भएको जिल्ला– सोलुखुम्बु
  • तीनतिरबाट नदीले सिमाना छुट्याएको जिल्ला– ओखलढुंगा★झोलुंगे पुलको जिल्ला– बाग्लुङ
  • कफी खेतीका लागि प्रसिद्ध जिल्ला– गुल्मी
  • चिया खेतीका लागि प्रसिद्ध जिल्ला– इलाम
  • नयाँ नेपाल भनी चिनिने जिल्ला– बाँके, बर्दिया, कैलाली र कञ्चनपुर
  • ज्वालमुखीको चिन्ह भएको जिल्ला– दैलेख
  • उत्तर हिमालदेखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला– धादिङ
  • माथिल्लो सगरमाथा– सोलुखुम्बु, ओखलढुंगा र खोटाङ
  • महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला– पर्सा
  • महेन्द्र राजमार्गले छुने पहाडी जिल्ला– मकवानपुर र अर्घाखाँची
  • नेपालको कान्छो जिल्ला– कालिकोट
  • नेपालको नक्सासँग मिल्दो आकृति भएको जिल्ला– बाग्लुङ
  • सबैभन्दा बढी विमानस्थल भएको जिल्ला– सोलुखुम्बु
  • तीनतिरबाट नदीले सिमाना छुट्याएको जिल्ला– ओखलढुंगा
  • झोलुंगे पुलको जिल्ला– बाग्लुङ
  • कफी खेतीका लागि प्रसिद्ध जिल्ला– गुल्मी
  • चिया खेतीका लागि प्रसिद्ध जिल्ला– इलाम
  • नयाँ नेपाल भनी चिनिने जिल्ला– बाँके, बर्दिया, कैलाली र कञ्चनपुर
  • नेपालमा बन सम्पदाको महत्व

    नेपालमा बन सम्पदाको महत्व
  • बाताबरण सन्तुलित बनाई राख्न
  • बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको न्यूनीकरण गर्न
  • पानीको स्रोतको रुपमा जंगल रहेको
  • निर्माणको आधार - काठका सामाग्रीहरु,फर्निचर।,घर,उद्योग। आदिमा आवश्यक पर्यटनको आधार
  • बन्यजन्तु बासस्थानको आधार रहेको
  • घर निर्माण तथा उपयोगी फर्निचरका लागि उपयोगी
  • जडिबुटी औसधिजन्य पदार्थको उत्पादन समेत जंगल बाटै हुने
  • दाउरा,पतिङ्गर र कृषिजन्य अबशेस समेत जंगल बाटै पाइने
  • यिनै प्रमुख कुराहरुले गर्दा नेपालमा बन सम्पदाको अत्यन्तै ठुलो महत्व रहेको छ